यमलले पाए बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले आफ्नो आइकोनिक १० नम्बर जर्सी युवा खेलाडी लामिन यमललाई दिएको छ।
सन् २०३१ सम्म सम्झौता गरेका १८ बर्षीय यमललाई बार्सिलोनाले १० नम्बर जर्सी दिएको हो।
१० नम्बर जर्सी यसअघि अन्सु फातीले लगाउँदै आएपनि उनले क्लब छोडेपछि यो जर्सी प्रयोग विहीन रहेको थियो। फाती यतिबेला लोनमा फ्रेन्च क्लब मोनाकोमा गएका छन्।
बार्सिलोनामा १० नम्बर जर्सीलाई विशेष मानिन्छ। यसअघि यो नम्बरको जर्सी लियोनेल मेस्सी, रोनाल्डिन्हो र डिएगो म्याराडोना जस्ता लिजेण्ड खेलाडीले लगाएका थिए।
१० नम्बर जर्सी पाएपछि यमलले मेस्सी, रोनाल्डिन्हो र म्याराडोना लिजेण्ड खेलाडी भएको र आफुले पनि उनीहरुको पदचिन्ह पछ्याउने बताएका छन्।
१८ बर्षकै उमेरमा यमलले विशेष खेलाडीको रुपमा आफुलाई उभ्याइसकेका छन्। उनले बार्सिलोनाका लागि ला लिगा र कोपा जिताइसकेका छन् भने राष्ट्रिय टिम स्पेनलाई युरोकप जिताएका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |