← समाचारमा फर्कनुस्
Football Oct 26, 2026 · Swadesh

लिभरपूलको महत्वपुर्ण जित

लिभरपूलको महत्वपुर्ण जित

लिभरपूलले प्रिमियर लिगमा ब्राइटनलाई २-० ले पराजित गरेको छ। आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपूलले पहिलो हाफमै दुई गोल गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको हो।

लिभरपूलले खेलको १७औं मिनेटमा पहिलो गोल पायो। फ्लोरियन भर्ट्जको प्रयास ब्राइटनका पास्कल ग्रोसलाई छोएर आत्मघाती गोलमा परिणत भयो र घरेलु टोलीले अग्रता लियो। त्यसको चार मिनेटपछि अर्थात् २१औं मिनेटमा ब्राड्ली बार्कोलाको पासमा अलेक्जेन्डर इसाकले गोल गर्दै लिभरपूलको अग्रता दोब्बर बनाए। यो इसाकको यो सिजन प्रिमियर लिगमा छैटौं गोल हो।

यो जितले लिभरपूलको एनफिल्डमा पाँच खेलको जितविहीन शृंखलाको अन्त्य गरेको छ। साथै, प्रशिक्षक एन्डोनी इराओलाको लागि एनफिल्डमा प्रिमियर लिगको पहिलो जित हो। यसअघि ब्राइटन लगातार आठ खेलदेखि अपराजित थियो, जसको अन्त्य पनि यही खेलबाट भयो। यो जितपछि लिभरपूल प्रिमियर लिग तालिकाको शीर्ष चारमा पुगेको छ।

लिभरपूलले अब बुधबार इएफएल कपमा चेल्सीसँग खेल्नेछ भने ब्राइटनले सोही दिन म्यानचेस्टर सिटीसँग भिड्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →