← समाचारमा फर्कनुस्
Football Oct 27, 2025 · Swadesh

ज्याभीको पहिलो अल–क्लासिको जित

ज्याभीको पहिलो अल–क्लासिको जित

गत सिजन बार्सिलोनाले रियल म्याड्रिडविरुद्धका सबै चार खेल जितेको थियो । यस सिजनका लागि रियलले नयाँ प्रशिक्षक भित्र्याएको थियो, ज्याबी एलोन्सो । उनकै नेतृत्वमा रियलले आइतबार राति पहिलो अल–क्लासिको खेल्यो र त्यसमा विजयी पनि रह्यो ।


जुड बेलिङघमको निर्णायक गोलको मदतले रियलले स्पेनी ला लिगामा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी बार्सिलोनालाई २–१ ले हरायो र शीर्ष स्थानमा पाँच अंकको पनि अग्रता लियो । रियलको दस खेलबाट २७ अंक भएको छ । बार्सिलोनाको  दसै खेलबाट २२ अंकछ र दोस्रो स्थानमा छ।


खेलका तीनै गोल पहिलो हाफमा भए । केयलिन एमबापेले २२ औं मिनेटमा पहिलो गोल गरे । फेरमिन लोपेजले ३८ औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल गरे । यही स्थितिमा बेलिङघमले ४३ मिनेटमा निर्णायक गोल गरे । एमबापे दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्न भने चुकेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →