विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
क्यानले शुक्रबार थाइल्यान्डमा हुने प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरेको हो। टोलीको उपकप्तानी भने पूजा महतोले गर्ने भएकी छन्।
टोलीमा इन्दु र पूजाबाहेक रुविना क्षेत्री, रोमा थापा, बिन्दू रावल, कविता जैशी, सम्झना खड्का, राजमती ऐरी, रुवि पोद्दार, कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, मनीषा उपाध्यय र रिया शर्मा टोलीमा परेकी छन्।
प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुनेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।
यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह सी मा छ। यो समूहमा हङकङ र बहराइन छन्। नेपालले पहिलो खेल हङकङसँग ९ मेमा खेल्नेछ। यस्तै, १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुन: खेल्नेछ। १५ मेमा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिगचरण सक्काउने छ। हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |