← समाचारमा फर्कनुस्
Football Nov 19, 2025 · Swadesh

विश्वकपमा युरोपका थप पाँच टिम

विश्वकपमा युरोपका थप पाँच टिम

युरोपेली विश्वकप छनोटबाट मंगलबार थप पाँच टिमले अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकपका लागि टिकट काटेका छन् । त्यसमा स्पेन, बेल्जियम, स्विटजरल्यान्ड, स्कटल्यान्ड र अस्ट्रिया रहेका छन् ।


स्पेनले टर्कीलाई २–२ को बराबरीमा रोक्यो र त्यो नतिजा समूह ‘सी’ जित्न पर्याप्त रह्यो । स्कटल्यान्ड भने सन् १९९८ यता पहिलो पटक विश्वकपमा पुगेको हो । त्यसका लागि उसले समूह ‘सी’ मा भएको खेलमा डेनमार्कमाथि ४–२ को जित निकाल्यो ।



बेल्जियमले भने लेचेस्टाइनलाई एकपक्षीय खेलमा ७–० ले पराजित गर्‍यो र समूह ‘जे’ मा शीर्ष स्थान हात पार्न सफल रह्यो । समूह ‘बी’ मा अहिलेसम्म अपराजित स्विट्जरल्यान्डले कोसोभोसँग १–१ को बराबरी खेल्यो र यो नतिजाले उसलाई समूह विजेता बनायो ।


यस्तै अस्ट्रियाले समूह ‘एच’ जित्नका लागि बोस्निया एन्ड हर्जगोभिनालाई १–१ को बराबरी खेलेको हो । अस्ट्रिया पनि सन् १९९८ यता पहिलो पटक विश्वकपमा छनोट भएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →