महिला लिगः पहिलो खेलमा आर्मी र बागमती भिड्ने

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको खेल तालिका सार्वजनिक भएकाे छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सार्वजनिक गरेकाे हाे। उक्त तालिका अनुसार पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती युवा क्लको सामना गर्नेछ। यो खेल पुस १८ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
पहिलो चरणबाट तीन विभागीय टोली नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबसहित वालिङ नगरपालिका र कोशी प्रदेशले सुपर लिगमा स्थान बनाएका थिए। तर कोशीले नाम फिर्ता लिएका करण बगमती युवा क्लबलाई मौका दिइएको छ।
सुपर लिगबाट शीर्ष चार टोली प्ले अफका लागि छनोट हुनेछन्। शीर्ष दुई टोली पहिलो क्वालिफायर तथा तेस्रो र चौथो स्थान हासिल गर्ने टोली इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्।
पहिलो क्वालिफायर विजेताले सिधै फाइनलमा स्थान बनाउने छ। पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।
दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेताको सामना गर्नेछ। प्लेअफदेखिका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।
दोस्रो चरणको खेल तालिकाः
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |