उल्भ्सलाई पनि रेलिगेसनकै दबाब

(हामीले छोटकरीमा विश्लेषण गर्न लागेको अन्तिम तथा २० औं टिम रहेको छ, उल्भ्स । इंग्लिस प्रिमियर लिग २०२५–२०२६ मा सहभागी हुने प्रत्येक टिमबारे चर्चाले पक्कै पनि हाम्रा पाठकले पक्कै पनि केही न केही महत्त्वपूर्ण जानकारी प्राप्त गरेकै हुनु पर्छ ।)
उल्भ्सको नयाँ सिजनको सुरुआत फेरि एकपल्ट सुखद रहेन् । नयाँ सिजनको पहिलो लिग खेलमा उल्भ्स बलियो म्यानचेस्टर सिटीको हातबाट ४–० ले पराजित रह्यो । यसको अर्थ हो, उल्भ्स कमजोर नै छ । तय छ, यसपल्टको सिजन उल्भ्सको एउटै उद्देश्य भनेको आफूलाई रेलिगेसनबाट बचाउने नै हो ।
गत सिजन पनि उल्भ्सले यही एक कामका लागि संघर्ष गरेको थियो । यस सिजन यो काम अझ गाह्रो हुनेछ । धेरैले त उल्भ्स नै यस्तो टिम हो, जसले अर्को सिजन च्याम्पियनसिपमा खेल्नेछ भनेर अनुमान गरिरहेका छन् । अहिलेको उल्भ्स टिमको सबैभन्दा ठूलो विशेषता भन्नु नै युवा खेलाडी हो ।
गत सिजन उल्भ्सका प्रमुख खेलाडी थिए, म्याथेस कुन्हा । उनी म्यानचेस्टर युनाइटेड गइसकेका छन्, छ करोड २५ लाख पाउन्ड । यो उल्भ्सको लागि ठूलो धक्का हो । यस्तोमा अब उल्भ्सले आफू यी ब्राजिली खेलाडी विना पनि खेल्न सक्छ भनेर प्रमाणित गर्नु पर्नेछ ।
उल्भ्सका समर्थक भने क्लब मालिकदेखि लिएर आक्रोसित छन् । क्लबको स्वामित्व रहेको छ, चिनिया फोसन इन्टरनेसनल । यसमाथि समर्थकले लगाउँदै आएको आरोप हो, कुनै पनि प्रकारको महत्त्वकाक्षा नहुनु । त्यो भनेको न त धेरै लगानी गर्न सकेको छ, न त स्वामित्व छाड्न सकेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |