TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 04, 2026 · Swadesh

उल्भ्सको सिजनकै पहिलो लिग जित

उल्भ्सको सिजनकै पहिलो लिग जित

उल्भ्सले इंग्लिस प्रिमियर लिगमा शनिबार यो सिजनको पहिलो जित निकालेको छ । उसले यसका लागि रेलिगेसनबाट बच्न संघर्षरत अर्को टिम वेस्ट ह्यामलाई ३–० ले हरायो ।


त्यसमा जाने एरिस, ह्वान हिन चान र म्याथेस मानेले गोल गरे । यो नतिजापछि उल्भ्सको छ अंक भएको छ र लिग तालिकाको पुछारमा छ । वेस्ट ह्याम पनि १४ अंकमा रेलिगेसन क्षेत्रमै छ र चर्को दबाबबाट गुज्रिरहेको छ ।


शनिबारको प्रमुख खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ ले हरायो । आर्सनलको २० खेलबाट ४८ अंक भएको छ र  एस्टन भिल्ला उसको पछाडि ४२ अंकमा दोस्रो स्थानमा छ ।


शीर्षमा आर्सनलको अग्रता छ अंक भएको छ । यस्तै अर्को खेलमा ब्राइटनले बर्नलीलाई २–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →