← समाचारमा फर्कनुस्
Football Aug 17, 2025 · Swadesh

समस्यामा हुनेछ, वेस्ट ह्याम

समस्यामा हुनेछ, वेस्ट ह्याम

(हामी इंग्लिस प्रिमियर लिग २०२५ मा सहभागी हुने टिमको विश्लेषण गर्ने क्रममा अन्त्यतर्फ आइसकेका छौं । यस सिरिजको १९ औं स्टोरी रहेको छ, वेस्ट ह्यामबारे)


वेस्ट ह्याम लन्डनको यस्तो क्लब हो, जसका समर्थक पनि धेरै छन्, क्लब आफैमा ठूलो छ, तर सफलता भने विरलै मात्र प्राप्त गर्छ । अनि प्राप्त सफलतालाई पनि ठीकसँग प्रयोग गर्न सक्दैन् । गत सिजन यो क्लब १४ औं स्थानमा रहेको थियो ।


यसले पनि देखाउँछ, टिमको प्रदर्शन पक्कै पनि राम्रो थिएन् । यसपल्टको स्थिति पनि यस्तै हो, लगभग । वेस्ट ह्यामको स्थान अबको सिजन भनेको पनि लिगको दोस्रो आधा भाग नै हो । झन नयाँ सिजनको पहिलो खेलमै वेस्ट ह्याम नराम्रोसँग पराजित भइसकेको छ ।


उसलाई सन्डरल्यान्डले ३–० ले पराजित गरेको हो । सन्डरल्यान्ड आफै रेलिगेसनको प्रत्यासी हो, त्यही टिमले वेस्ट ह्यामलाई यति नराम्रोसँग हराएको हो । पहिलो खेलपछि नै वेस्ट ह्याम चर्को दबाबमा आएका हुनु पर्छ । अझ यसले रेलिगेसन डर पनि उत्पन्न गरेको हुनु पर्छ ।


क्लबका प्रशिक्षक हुन्, ग्राहम पोटर । यी प्रशिक्षकको काँधमा हुनेछ, वेस्ट ह्यामलाई सम्मानजक स्थानमा पुर्‍याउने । पछिल्लो समय वेस्ट ह्याममा प्रशिक्षक पनि एउटै नियमित हुन सकेका छैनन् । यसले पनि क्लबमा समस्या ल्याएको छ भन्दा हुन्छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →