← समाचारमा फर्कनुस्
वेस्टह्याममाथि चेल्सीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले वेस्टह्याम युनाइटेडमाथि सहज जित हासिल गरेको छ।
शनबिार भएको खेलमा चेल्सीले वेस्टह्यामलाई ३–० ले पराजित गरेको हो।
पाहुना टोली चेल्सीको जितमा निकोलस ज्याक्सनले दुई तथा कोल पाल्मरले एक गोल थपे।
जितसँगै पाँच खेलबाट चेल्सीले १० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पराजित वेस्टह्याम भने समान खेलबाट चार अंकसहित १४औँ स्थानमा रहेको छ।
खेलको चौथो र १८औँ मिनेटमा निकोलसले गोल गर्दै चेल्सीलाई पहिलो हाफमै २–० को अग्रता दिलाएका थिए। दोस्रो हाफ दोस्रो मिनेटमै पाल्मरले गोल गर्दै चेल्सीलाई ३–० को आरामदायी अग्रता दिलाए।
त्यसपछि बाँकी समय दुवै टोलीबाट थप गोल नहुँदा चेल्सी विजयी भयो। जारी सिजन लिगमा चेल्सीको यो तेस्रो जित हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |