← समाचारमा फर्कनुस्
वेस्ट ह्यामको ५२ वर्षयताकै खराव सुरुआत

पहिलो हाफको सुरुआती १५ मिनेटमा सम्भव दुई गोलको मदतले लिड्स युनाइटेडले शुक्रबार इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई २–१ ले हराएको छ । वेस्ट ह्याम यससँगै नयाँ सिजन ५२ वर्षयता कै खराव सुरुआत बेहोर्ने बाध्य रह्यो ।
एलान रोडमा भएको खेलमा लिड्सका लागि ब्रेन्डेन आरोन्सनले तेस्रो मिनेटमा पहिलो गोल गरे । त्यसपछि जोए रोडनले १५ औं मिनेटमा अर्को गोल गरे । खेलको ९० औं मिनेटमा म्याथेस फर्डिनान्डेसले वेस्ट ह्यामका लागि एक फर्काए ।
यो जितपछि लिड्स नौ खेलबाट ११ अंक भएको छ र १३ औं स्थानमा छ । वेस्ट ह्याम भने समान खेलबाट चार अंकमै रह्यो र रेलिगेसन क्षेत्रमा कायम रह्यो । वेस्ट ह्याम उल्भ्सको माथि १९ औं स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |