वडा ४ र १३ बिच प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि भिडन्त

काठमाडौँ, कात्तिक २८ गते । वडा नं ४ र वडा नं १३ बिच तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ ।
वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा वडा ४ ले वडा ११ लाई सडन डेढमा ६–५ र पराजित गर्यो । निर्धारीत समयको खेल २–२ ले बराबरीमा सकिएको थियो । निर्धारीत समयमा वडा ४ का लागि दुवै गोल प्रसिद्ध थापा मगरले गरे । वडा ११ का लागि धने श्रेष्ठ र शंकर ध्वजले गोल गरेका थिए । सो खेलमा प्रसिद्ध म्यान अफ दि म्याच बने ।
अर्को सेमिफाइनलमा वडा १३ ले वडा ६ लाई पेनाल्टी सुटआउटमै २–१ ले पराजित गर्यो । निर्धारति समयको खेल १–१ ले बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको हो । निर्धारीत समयमा वडा १३ का लागि विकेश शाही र वडा ६ का लागि संयम घिमिरेले गोल गरेका थिए ।
प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।
पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |