वडा १६ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल च्याम्पियन

काठमाडौँ, असोज ९ गते
वडा नं १६ बुधबार दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामाको उपाधि जित्न सफल भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भएको फाइनलमा वडा नं १६ ले वडा नं १२ लाई ५–२ ले हरायो । पूवार्धको खेल गोलरहित टुङिगएको थियो । तर मध्यान्तरपछि खेल सुरु भएको पहिलो मिनेटमै वडा नं १२ का खेलाडीले आत्मघाती गोल गरेपछि वडा नं १६ ले अग्रता बनाएको थियो । त्यसपछि आयुष कुँवर, रविन निरौला र सुजत डङ्गोलले गोल गरी विजयी टिमलाई ४–० को आरामदायक अग्रता दिलाउनुभयो । मनोज महर्जन र सिद्धार्थ देउलाको गोलबाट वडा १२ ले खेलमा फर्किने प्रयास गरेको थियो । तर खेल सकिनै लाग्दा श्रेयान्स मानन्धरले गोल गरेपछि वडा १६ फराकिलो गोल अन्तरसहित च्याम्पियन बन्यो । श्रेयान्स फाइनलको म्यान अफ दि म्याच पनि बन्नुभयो ।
उपाधि विजेता वडा १६ ले ट्रफीसहित दुई लाख रुपियाँ प्राप्त गर्यो । उपविजेता वडा १२ ले ट्रफी र एक लाख रुपियाँमा चित्त बुझायो । वडा नं १६ का आयुष कुँवर प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । उपाधि विजेता टिमकै मनोज महर्जन सर्वाधिक गोलकर्ता बन्नुभयो । उत्कृष्ट गोलरक्षकको पुरस्कार वडा नं १२ का मनोज महर्जनलाई प्रदान गरियो । व्यक्तिगत विधातर्फ उत्कृष्ट तीनै जना खेलाडीले जनही दस हजार रुपियाँ प्राप्त गरे ।
समापन समारोहमा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले मध्यान्तरसम्म फाइनल खेलको अवलोकन गर्नुभएको थियो । काठमाडौँ महानगरपालिकाका प्रशासकिय प्रमुख सरोज गुरागाईँ तथा आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनलगायतले विजेता तथा उपविजेता र व्यक्तिगत विधामा सर्वश्रेष्ठ खेलाडीहरुलाई ट्रफी, पदक तथा पुरस्कार रकमको चेक प्रदान गर्नुभयो । अध्यक्ष महर्जनले वडा नं २३ ले अर्को वर्ष तेस्रो संस्करण अझ भव्यताका साथ आयोजना गर्ने बताउनुभयो ।
गत असोज १ गते सुरु भएको नकआउट प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाले सहभागिता जनाएका थिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |