← समाचारमा फर्कनुस्
Football Nov 15, 2025 · Swadesh

वडा १३ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल च्याम्पियन

वडा १३ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल च्याम्पियन

काठमाडौँ, कात्तिक २९ गते । वडा नं १३ ले शनिबार तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि जितेको छ । वडा १३  पहिलो संस्करणमा उपविजेता बनेको थियो ।


वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा वडा १३ ले वडा नं ४ लाई पेनाल्टि सुटआउटमा २-० ले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।


पेनाल्टि सुटआउटमा विजयी टिमका लागि अभय राना  र आसिस कपालीले गोल गरे । वडा नं ४ बाट पेनाल्टि सुटआउटमा गोल हुन सकेन ।


अभय फाइनलका म्यान अफ दि म्याच बने । यसैगरी वडा १३ का विकेश शाही सर्वाधिक गोलकर्ता बने । उनले कूल ७ गोल गरे । यसैगरी वडा ४ का विक्रान्त नरसिंह राना सर्वश्रेष्ठ खेलाडी र वडा १३ का विशाल शाही सर्वश्रेष्ठ गोलकपर चुनिए ।


विजेता वडा १३ ले ट्रफीसहित दुई लाख रुपियाँ प्राप्त गर्यो । उपविजेता वडा ४ टिमले एक लाख रुपियाँ प्राप्त गर्यो । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस-दस हजार रुपियाँले पुरस्कृत गरियो ।


पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।


समापन कार्यक्रममा आयोजक वडा १३ का अध्यक्ष  मचाराजा महर्जनले यस्ता प्रतियोगिता विगतमा केन्दीय स्तरबाट मात्र भइहेको बेला आफूहरूले धेरै मिहिनेतकासाथ बजेट निकासा गरेर यति ठुलो प्रतियोगिता गर्न सफल भएको बताउनुभयो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →