← समाचारमा फर्कनुस्
वालिङको पोस्टमा आर्मीको १२ गोल

काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकामाथि फराकिलो जित हासिल गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको खेलमा आर्मीले वालिङलाई १२-० ले पराजित गरेको हो।
आर्मीको जितमा विमला चौधरीले चार, चन्द्रा भण्डारीले तीन, सपना लामा र अञ्जना थुलुङ राईले समान दुई तथा विमला विकले एक गोल गरे।
खेलको २३ औं मिनेटमा चन्द्राको गोलमार्फत आर्मीले अग्रता लिएको थियो दुई मिनेटपछि नै सपनाले टोलीको अग्रता दोब्बर बनाइन्।
जितसँगै आर्मीले तीन खेलमा सात अंक जोडेको छ। तीनै खेलमा पराजित वालिङ अकंविहिन छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |