← समाचारमा फर्कनुस्
Football Jan 21, 2025 · Swadesh

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

काठमाडौं। सुस्मा तामाङको ह्याट्रिकमा वालिङ नगरपालिकाले एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणको खेलमा पहिलो जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगबार सम्पन्न खेलमा वालिङले प्लेअफमा पुगिसकेको बागमती युथ क्लबलाई ३–१ ले पराजित गरेको हो। 

खेलको ४३औं मिनेटमा साहारा लिम्बूको गोलमार्फत बागमतीले सुरुआती अग्रता लिएको थियो। तर, उक्त अग्रता जोगाउन सकेन। सुस्माले ५६, ६८ र ८५औं मिनेटमा गोल गर्दै वालिङले पहिलो जित दिलाइन्।

जितसँगै वालिङले तीन अंकको साथ प्रतियोगिताको अन्त्य गर्यो। 

पाँच टोली सहभागी यस लिगमा बागमती चौथो हुँदै यसअघि नै इलिमिनेटरमा प्रवेश गरिसकेको थियो। बागमतीले आठ खेलबाट चार अंक बटुल्यो। वालिङ भने तीन अंकसहित प्रतियोगिताबाट बाहिरियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →