← समाचारमा फर्कनुस्
Football Jan 14, 2025 · Swadesh

वालिङमाथि पुलिसको सहज जित

वालिङमाथि पुलिसको सहज जित

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको दोस्रो चरण अन्तर्गत वालिङ नगपालिकामाथि सहज जित हासिल गरेको छ। 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मंगलबार भएको खेलमा पुलिसले वालिङलाई ४–१ गोलले पराजित गरेको हो। 

पुलिसको जितमा कप्तान निरु थापा, अनुश्का शेर्पा र पुजा रानाले समान एक एक गोल गरिन्। यस्तै अर्को गोल पुलिसले उपहार पाएको थियो। वालिङकी धना बोहराले आत्माघाती गोल गरिन्। 

खेलको १५औँ किनेटमा कप्तान निरुको गोलबाट सुरुआती अग्रता बनाएको पुलिसका लागि अनुशकाले २८, पुजाले ३२औँ मिनेटमा गोल गर्दै ३–० को अग्रता दिलाइन्। 

४३औँ मिनेटमा वालिङकी धन बोहराले आफ्नै पोस्टमा गोल गरेपछि पहिलो हाफमै पुलिस ४–० ले अघि बढ्यो। तर, ८५औँ मिनेटमा वालिङकी  यशोदाकुमारी चिरालले गोल गरेपछि खेल ४–१ को स्थितमा अघि बढ्याे, त्यसपछि बाँकी समय थप गोल नहुँदा पुलिस विजयी भयो। 

जितसँगै पुलिसले पाँच खेलबाट १० अंक पुर्‍याएको छ। त्रिभुवन आर्मी क्लबको पनि समान अंक छ। एक खेल कम खेलेको एपिएफको १२ अंक छ। वालिङ भने अंकविहीन छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →