भिनिसियसले जिते 'द बेस्ट' अवार्ड

काठमाडौँ । रियल मड्रिडका ब्राजिलियन फवार्ड भिनिसियस जुनियर २०२४ को फिफाको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
कतारको दोहामा मंगलबार राति आयोजित कार्यक्रममा फिफाको बार्षिक अवार्डको घोषणा गरिएको हो। फिफा अवार्डका लागि फिफा सदस्य राष्ट्रका कप्तान, प्रशिक्षक, पत्रकार र फ्यानहरुले मतदान गरेका थिए।
पुरुषतर्फ भिनिसियस जुनियरले द बेस्ट अवार्ड जिते भने महिला तर्फ ऐताना बोनमतिले द बेस्ट अवार्ड जितेकी छन्।
भिनिसियस्ले ४८ अंक पाएका थिए भने दोस्रो स्थानमा रहेका स्पेनका रोड्रीले ४३ र तेस्रो स्थानमा रहेका इङल्याण्डका जुडे बेलिङघमले ३७ अंक प्राप्त गरे।
त्यस्तै अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले पुरुषतर्फ उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् भने महिला तर्फ अमेरिकन अलिसा नाहेहरले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन्।
रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी र अमेरिकी महिला टिमकी प्रशिक्षक इमा हायेजले उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |