← समाचारमा फर्कनुस्
Football Dec 28, 2024 · Swadesh

भिनिसियस उत्कृष्ट खेलाडी

भिनिसियस उत्कृष्ट खेलाडी

काठमाडौँ । ग्लोबल सकर अवार्डको घोषणा भएको छ। दुबईमा शुक्रबार राति आयोजना गरिएको कार्यक्रममा विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकलाई ग्लोबल सकर अवार्डले सम्मानित गरिएको छ।

हरेक बर्ष दिइने सो अवार्ड यस बर्ष २०२४ को उपाधि रियल मड्रिडका ब्राजिलियन भिनिसियस जुनियरले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते। 

त्यस्तै बार्सिलोनाकी एताना बोनमातीले उत्कृष्ट महिलातर्फको अवार्ड जितेकी छन्। त्यस्तै भिनिसियस जुनियरले उत्कृष्ट फरवार्डको अवार्ड समेत जितेका छन्।

रियल मड्रिडका जुडे बेलिङघमले उत्कृष्ट मिडफिल्डरको अवार्ड जिते भने उनले बेस्ट गोलस्कोरर (म्याराडोना अवार्ड( समेत जितेका छन्। त्यस्तै रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले बेस्ट कोचको अवार्ड जिते भने रियलले बेस्ट पुरुष क्लबको अवार्ड जितेको छ।

त्यस्तै बार्सिलोनाका लामिन यमलले उत्कष्ट इमर्जिंग खेलाडीको अवार्ड जिते भने बार्सिलोनाले उत्कृष्ट महिला क्लबको अवार्ड जितेको छ।

त्यसैगरी क्रिस्टियानो रोनाल्डोलाई उत्कृष्ट मिडल इस्ट खेलाडीको अवार्ड दिइएको छ भने अल हिलालका प्रशिक्षक जर्ज जिससले मिडल इस्टको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्।

अवार्ड कार्यक्रममा नेइमारलाई प्लेयर क्यारियर अवार्ड दिइएको थियो भने थिबाउट कोर्टोइस, रियो फर्डीनान्डलाई पनि प्लेयर क्यारियर अवार्ड दिइएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →