← समाचारमा फर्कनुस्
भिल्लाको जित्ने क्रम जारी

जितको लयमा रहेको एस्टन भिल्लाले युरोपा लिगमा बिहीबार बासेललाई २–१ ले हराएको छ । प्रतियोगिताको लिग चरणका छ खेलमध्ये भिल्ला पाँचमा विजयी रहेको छ र यससँगै १५ अंकमा तेस्रो स्थानमा रहन सफल रह्यो ।
अंक तालिकाको शीर्षमा रहेको लियोनले गो अहेड इगल्सलाई २–१ ले पराजित गर्यो । लियोनको पनि १५ अंक रहेको छ । सबै प्रतियोगितामा गरेर भिल्लाको यो लगातार आठौं जित हो ।
सिजनको सुरुमा खराव प्रदर्शन गरेको भिल्ला अहिले सबै प्रतियोगिताका १६ खेलमध्ये भिल्ला १४ मा जित निकाल्न सफल रहेको छ । बासेलविरुद्ध योरी टेलेमन्सले निर्णायक गोल गरे ।
अर्को प्रिमियर लिग क्लब नटिङघम फरेस्टले पनि एफसी उतरेट्चलाई २–१ ले हरायो । सेल्टिक भने एएस रोमाको हातबाट ३–० ले पराजित रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women