TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 28, 2025 · Swadesh

भिल्लाको लगातार ११ औं जित

भिल्लाको लगातार ११ औं जित

एस्टन भिल्लाले शनिबार सबै प्रतियोगितामा गरेर लगातार ११ औं जित आत्मसात् गरेको छ । यससँगै भिल्ला अविश्वसनीय ढंगले इंग्लिस प्रिमियर लिग उपाधिको बलियो दावेदार बनेको छ ।


उसले स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई २–१ ले पराजित गरेको हो । यो जितपछि भिल्लाको ३९ अंक भएको छ र तेस्रोमा छ । आर्सनलको ४२ र म्यानचेस्टर सिटीको ४० अंकमा शीर्ष दुई स्थानमा छ ।


लिभरपुल भने ३२ अंकमा चौथो स्थानमा छ । ओली वाटकिन्सले वेञ्चबाट मैदानमा प्रवेश गर्दै भिल्लाका लागि दुवै गोल गरेका हुन् । उनले ६३ र ८४ औं मिनेटमा गोल गरे । यसअघि चेल्सीले जाओ पेड्रोको गोलमा अग्रता लिएको थियो ।


यसअघि आर्सनलले ब्राइटनलाई २–१, ब्रेन्टफोर्डले बर्नमाउथलाई ४–१, लिभरपुलले उल्भ्सलाई २–१ र फुलहमले वेस्ट ह्यामलाई १–० ले पराजित गरेको थियो भने बर्नली र एभरटनले भने गोलरहित बराबरीमा समाप्त भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →