भेट्रान फुटबलको नयाँ मिति घोषणा

काठमाडौं, असोज २१ गते ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा हुने पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिएको छ । प्रतियोगिता असोज २५ देखि २९ गतेसम्म हुने भएको छ ।
यसअघि प्रतियोगिता भदौ २८ देखि असोज २ गतेसम्म हुने भनिएको थियो । भदौ २३ र २४ गतेको आन्दोलनका कारण प्रतियोगिता स्थागिता गरिएको थियो ।
प्रतियोगितामा १६ भन्दा बढी टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । ४० वर्षमाथि उमेरसमूहका सहभागी हुन पाउने प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ ।
चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा खेलाइने छ । प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |