← समाचारमा फर्कनुस्
Football Oct 20, 2024 · Swadesh

भेट्रान्स फुटबल : विरगन्ज युथ एकेडेमी र सरस्वतीनगरको विजयी शुरुआत

भेट्रान्स फुटबल : विरगन्ज युथ एकेडेमी र सरस्वतीनगरको विजयी शुरुआत

काठमाडौं । विरगन्ज युथ एकेडेमीले फुटबलर्स मिसन टुगेदरद्धारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता विजयी सुरुआत गरेको छ। 

शनिबार मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको उद्घाटन खेलमा विरगन्ज युथ एकेडेमीले श्री कुमारी क्लबलाई ३–२ गोलले पराजित गरेको हो। 

वीरगन्ज युथ एकेडेमीको जितमा चक्रधर चौधरी, संजय कुमार मण्डलले गोल गरेका थिए भने हरि शंकर महर्जनले आत्माघाती गोल गरेका थिए। त्यस्तै पराजित टिमको तर्फबाट सुधिर महर्जनले दुई गोल गरेका थिए। 

दोश्रो खेलमा सरस्वतीनगर भेट्रान्स क्लबले गण्डकी प्रदेश फुटबल संघलाई पेनाल्टी शुटआउटमा २–० ले पराजित गर्यो। 

निर्धारित समयसम्म दुवै टिमको तर्फबाट समान १÷१ गोल गरेका थिए। गण्डकीका लागि सन्तोष केसीले गोल गरेका थिए भने अमित परियारले आत्माघाती गोल गरेका थिए।

प्रतियोगिता अन्तर्गत आइतबार विहान ९ बजे विजय युथ क्लब, हेटौडा विरुद्ध महावीर क्लब, दिउसो १ बजे फ्रिडम फाईटर विरुद्ध वीआर वदर्श र दिउँसो ३ बजे हाम्रो धरान भेट्रान्स विरुद्ध विरगन्ज युथ एकेडेमीबीच खेल हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →