← समाचारमा फर्कनुस्
Football Dec 02, 2025 · Swadesh

भ्यालेन्सियाले रोक्यो भालेकानोलाई बराबरीमा

भ्यालेन्सियाले रोक्यो भालेकानोलाई बराबरीमा

स्पेनी ला लिगामा रायो भालेकानो र भ्यालेन्सियाले सोमबार १–१ को बराबरीमा चित्त बुझाएका छन् । दुई मिड टेबल टिमबीचको खेल नतिजापछि भालेकानो १४ खेलबाट १७ अंकमा नवौं स्थानमा रह्यो ।


सेभिया भने समान खेलबाट १६ अंकमा १३ औं स्थानमा छ ।भालेकानोले नोबल मेन्डीको गोलले पहिलो हाफको ३७ औं मिनेटमा अग्रता लिएको थियो ।


स्टाडियो ड भालेकासमा भएको खेलमा घरेलु टिमविरुद्ध भ्यालेन्सियाका लागि डिएगो लोपेजले दोस्रो हाफको ६४ औं मिनेटमा बराबरी गोल फर्काए ।


लिगमा १४ औं चरणका खेल सकिएका छन् र बार्सिलोना ३४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै रियल म्याड्रिड ३३ अंकमा दोस्रो स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →