← समाचारमा फर्कनुस्
पहिलो लिगमा युनाइटेडलाई ३-० को अग्रता

काठमाडौँ । युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब एथलेटिक क्लबमाथि ३-० को अग्रता लिएको छ ।
गएराती एथलेटिकको घरेलु मैदानमा सम्पन्न खेलमा युनाइटेडले ३-० गोल अन्तरको जित हासिल गरेको हो।
युनाइटेडको जितमा ब्रुनो फेर्नानडेजले २ गोल गरेका थिए भने क्यासेमिरोले एक गोल गरेका थिए।
यस खेलमा खेलको ३५औँ मिनेटमा डानी भिभियानले रातो कार्ड पाएपछि एथलेटिक १० खेलाडीमा सिमित भएको थियो।
अब सेमिफाइनलको दोस्रो लिग युनाइटेडको घरेलु मैदानमा मे ९ मा हुने छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |