← समाचारमा फर्कनुस्
Football Nov 08, 2024 · Swadesh

युनाइटेडको पहिलो जित

युनाइटेडको पहिलो जित

काठमाडौं । इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडले युइएफए युरोपा लिगमा पहिलो जित हासिल गरेको छ। 

गएराति भएको खेलमा घरेलु टोली युनाइटेडले ग्रिक च्याम्पियन पाओक एफसीलाई २–० गोलले पराजित गरेको हो। 

युनाइटेडको जीतमा अमद डियालोले दुबै गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५०औँ र ७७औँ मिनेटमा डियालोले गोल गर्दै युनाइटेडलाई जीत दिलाए। 

यो जीतसँगै चार खेलबाट ६ अंक जोडेको युनाइटेड १५औँ स्थानमा छ। समान खेलबाट पीएओके एफसी एक अंकका साथ ३३औँ स्थानमा छ। 

नयाँ प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा म्यानचेस्टर युनाइटेडको यो पहिलो जित हो। यसअघि प्रिमियर लिगको खेलमा चेल्सीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →