← समाचारमा फर्कनुस्
Football Aug 14, 2025 · Swadesh

इतिहास बिर्सेको युनाइटेड

इतिहास बिर्सेको युनाइटेड

(इंग्लिस प्रिमियर लिग २०२५–२०२६ को चर्चा गर्ने क्रममा हामी त्यस्तो टिमबारे कुरा गर्दैछौं, जसको एक दशक जति अगाडिको इतिहास समृद्ध छ, तर अहिले त्यो सबै कथा मात्रै बनेको छ । र, क्लब हो, म्यानचेस्टर युनाइटेड ।)


एलेक्स फर्गुसनले क्लब छाडेयता म्यानचेस्टर युनाइटेडको यति धेरै विजोग हुनेछ भनेर कसले मात्र सोचेको होला ? युनाइटेडका लागि पछिल्लो सिजन साँच्चै साह्रै खराव रह्यो । विश्वास नै गर्न गाह्रो, युनाइटेड त्यो सिजन लिग तालिकाको १५ औं स्थानमा थियो ।


अनि युरोपा लिगको फाइनलमा पनि पराजित रह्यो । यसै कारण एउटा फाइदा भने छ, युनाइटेडलाई । खालि प्रिमियर लिगमै मात्र केन्द्रित गरेर खेल्न सकिनेछ र अर्को सिजन युरोपमा खेल्ने लक्ष्य बनाउन सकिन्छ । सम्भवतः यही कुरा मनमा रहेको हुनु पर्छ, प्रशिक्षक रुबेन एमोरिमको ।


उनले चेतावनीको भाषामा आफ्ना खेलाडीलाई राम्रो खेल्न भनिसकेका छन्, नत्र अन्यत्र गएकै राम्रो । नयाँ खेलाडीका रूपमा म्याथेस कुन्हा र ब्रायन एमबुमो आएका छन् । गत सिजन युनाइटेडको प्रदर्शनको सबैभन्दा खराव पक्ष थियो, घरेलु मैदानमै कमजोर प्रदर्शन ।


त्यसैले युनाइटेडले आफ्नो स्थिति साँच्चै सुधार्ने हो भने सबैभन्दा पहिले ओल्ड ट्रायफोर्डमा लगातार जित्नु पर्ने हुन्छ । अर्को मुख्य कुरा टिमको पुर्ननिर्माण नै हो । इंग्लिस फुटबलका केही पण्डितको के विश्वास छ भने अबको सिजन युनाइटेडले केही ठूलो नै गर्ने छैन्, तर सबलाई आश्चर्यमा पार्ने जत्तिको प्रदर्शन गर्न भने सक्छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →