← समाचारमा फर्कनुस्
युनाइटेड र चेल्सीले अंक बाँडे

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेड बराबरी खेल्दै अंक बाँडेका छन्।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा १–१ गोलको बराबरीमा रोकिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७०औँ मिनेटमा घरेलु टोली युनाइटेडले ब्रुनो फनान्डेसको गोलमा अग्रता बनाएको थियो। उनले पेनाल्टी गोल गर्दै चेलसीविरुद्ध १–० को अग्रता दिलाए। तर, उक्त अग्रता युनाइटेडले चार मिनेट पनि टिकाउन सकेन।
७४औँ मिनेटमा मोइसेस कैसिडोले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए।
नयाँ प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा म्यानचेस्टर युनाइटेड पहिलो खेलमा एक अंकले राहत मिलेको छ।
यो नतिजासँगै जारी लिगमा १० खेलबाट १२ अंकसहित १३औँ स्थानमा यथावत् छ भने समान खेलबाट चेल्सी १८ अंकसहित चौथो स्थानमा उक्लिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |