← समाचारमा फर्कनुस्
युनाइटेड र बर्नमाउथबीच आठ गोलको थ्रिलर

म्यानचेस्टर युनाइटेड र बर्नमाउथले सोमबार इंग्लिस प्रिमियर लिगमा आठ गोलको थ्रिलर खेलेका छन् । ओल्ड ट्रायफोर्डमा भएको खेल ४–४ को बराबरीमा टुंगेको हो ।
घरमा भएको खेलमा युनाइटेड तीन पल्ट अगाडि रहेर पनि खेल जित्न असफल रह्यो । म्याथेस कुन्हाले युनाइटेडका लागि ७९ औं मिनेटमा गोल गर्दा युनाइटेड जिततर्फ अग्रसर देखिएको थियो ।
तर बर्नमाउथका लागि एलि जुनियरले ८४ औं मिनेटमा अन्तिम तथा बराबरी गोल गरे । यो नतिजापछि युनाइटेडको २६ अंक भएको छ र छैटौं स्थानमा रह्यो । बर्नमाउथ भने २१ अंकमा १३ औं स्थानमा रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women