यू-२३ प्रारम्भिक टोलीमा ३२ खेलाडी

काठमाडौं। एएफसी यू-२३ एसियाली कप छनोटको लागि हाल बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय टोलीमा ३२ खेलाडी समेटिएको छ।
एन्फाद्वारा आयोजित विभिन्न चरणको छनोट पछि मुख्य प्रशिक्षक नवीन न्यौपानेले क्याम्पको लागि छोटो सूचीमा परेका ४० खेलाडीहरूको प्रारम्भिक समूहबाट आठ खेलाडीहरूलाई रिलिज गरेका छन्।
टोलीले सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा आयोजना हुने एएफसी यू-२३ एसियाली कप छनोटको लागि तयारी गरिरहेको छ। नेपालसहित आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह के मा रहेका छन्।
नेपाली टोलीः
अभिषेक सेङ्ताङ, अभिषेक वाइबा, आयुष घलान, आयुष तिम्सिना, अमित टमाटा, अनिल बम्जन, अनिश छेत्री, आरोन थापा, विवेक गुरुङ, विशाल केसी, विशाल नेपाली, दिपेश गुरुङ, दिपेश राई, जन्म जय धामी, जियारत शेख, मोहन शेख, कृष्णा राणा, कृष्णराज सुब्बा, निगम लामा, निरज कार्की, निरजन धामी, पेम्बा लामा, पुजन थापा, राम थापा, रोहन खड्गी, सविन घिमिरे, सञ्जीव लामा, शंकर थारु, सन्तोष खत्री, सेमन्त थापा, सुजन मगर, सुमित श्रेष्ठ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |