यु–१६ लिग : चर्च ब्वाइज र सातदोबाटो विजयी

काठमाडौं । एन्फा यु–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबले जित हात पारेका छन्।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्याय मैदानमा मंगलबार भएको खेलमा सातदोबाटोले हिमालयन शेर्पा क्लबमाथि १–० को कठिन जित दर्ता गरेको हो।
सातदोबाटोको जितमा आयुश खड्काले गरेको एक मात्रै गोल निर्णायक बन्यो। उनले ६६औं मिनेटमा गोल गरेका थिए।
जितसँगै सातदोबाटोले चार खेलमा ६ अंक जोडेको छ। पराजित हिमालयन शेर्पाको चार खेलबाट एक अंक छ।
यसतै, त्यसअघि भएको खेलमा करण चौधरीको उत्कृष्ट प्रदर्शनप्रेरित चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११–१ गोल अन्तरले पराजित गरेको छ।
चर्च ब्वाइजको जितमा करणले ह्याट्रिक गर्दा, आशिक स्याङतान, आयुष राई र सनिल मगरे समान दुई तथा निशान तामाङ र सुशान्त थापामगरले समान एक गोल गरे। यता, आर्मीका लागि अभिषेक खत्रीले सान्त्वना गोल फर्काए।
खेलको पाँचौं मिनेटमा आशिकको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो।
जितसँगै चर्च ब्वाइजले चार खेलबाट ९ अंक जोडेको छ। आर्मीको भने जितविहीन छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |