← समाचारमा फर्कनुस्
यु–२० महिला एसियन कप छनोट : मंगोलियाले नाम फिर्ता लियो, नेपाललाई छनोटमा केही सहज

काठमाडौं। नेपालकाे समूहमा रहेकाे मंगोलियाले एएफसी यु–२० महिला एसियन कप छनोटबाट नाम फिर्ता लिएको छ।
एसियाली फुटबल महासंघका अनुसार थाइल्यान्डमा अर्को वर्ष हुने प्रतियोगिताका लागि समूह ए मा साबिक विजेता उत्तर कोरियासँगै मंगोलिया, नेपाल, भुटान र साउदी अरब थिए।
यो समूहक खेल ६ अगस्टदेखि भुटानको राजधानी थिम्पुमा हुने तय छ। तर, अन्तिम समयमा मंगोलियाले नाम फिर्ता लिएको हो।
योसँगै नेपाललाई छनोटमा केही सहज भएको छ। नेपालले बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपमा भुटानलाई ६–१ र ८–० ले पराजित गरिसकेको छ। अर्कोतर्फ साउदी अरब भुटानभन्दा पनि कमजोर टोली मानिन्छ। हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले सिधै थाइल्यान्डको टिकट पक्का गर्नेछन्।
समूहको दोस्रो स्थानमा रहने टोलीले पनि मौका पाउने छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |