यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा

काठमाडौं। एएफसी यु–२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले आइतबार २३ सदस्सीय टोली घोषणा गरेको हो। नेपाली टोली गत मंगलबार मात्र बंगलादेशको ढाकामा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा सहभागिता जनाएर स्वदेश फर्किएको थियो। दुई हप्तानको अन्तरालपछि टोलीले अर्को प्रतियोगिता खेल्न लागेको हो।
प्रशिक्षक गुरुङले साफ खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेका छन्। लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै गुरुङले सजीना स्याङताङलाई रक्षापङ्क्तिमा मौका दिएका छन्।
टोलीले आगामी भदौ २३ देखि २८ (अगस्ट ६–११, २०२५) सम्म भुटानमा आयोजना हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ।
नेपाल समूह 'बी' मा रहेको छ। यो समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि छन्।
छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |