← समाचारमा फर्कनुस्
श्रेष्ठ यू–१९ टिमको प्रशिक्षक

काठमाडौं । उर्जन श्रेष्ठलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो।
एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आइतबार नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० च्याम्पियन्सिपमा युवा टोली सम्हालेका थिए। नेपाल त्यसको फाइनलमा बंगलादेशसँग ४-१ ले पराजित भएको थियो । यो पटक प्रतियोगिता यु-१९ फरम्याटमा हुँदैछ।
यसपटक च्याम्पियनसिप वैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशमा हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |