← समाचारमा फर्कनुस्
Football Dec 11, 2025 · Swadesh

ट्रान्सपोर्टसँग एपीएफको बराबरी

ट्रान्सपोर्टसँग एपीएफको बराबरी

भुटानको ट्रान्सपोर्ट युनाइटेडले वुमेन्स साफ वुमेन्स क्लब च्याम्पियनसिप २०२५ मा बिहीबार नेपाली लिग च्याम्पियन एपीएफलाई गोलरहित बराबरीमा रोकेको छ । यो नतिजाले कुल पाँच टिम सम्मिलित प्रतियोगिताको फाइनल पुग्ने समीकरण खुल्ला रह्यो ।


खेलमाथि पूर्ण प्रभुत्व राखे पनि एपीएफले निर्णायक आक्रमण बुन्न सकेन् । ट्रान्सपोर्टकी गोलरक्षक संगीता मोन्गरले उत्कृष्ट प्रदर्शन गरिन् र लगातार बचाउ गरिन् । यो नतिजापछि एपीएफ चार अंकमा दोस्रो स्थानमा रह्यो भने ट्रान्सपोर्ट दुई अंकमा चौथो स्थानमा रहिन् ।


इस्ट बंगाल छ अंकसहित शीर्ष स्थानमा छ । उसले दिनको पहिलो खेलमा कराँची एफसीलाई २–० ले पराजित गरेको थियो । कराँचीको भने तीन खेलबाट दुई अंक छ र तेस्रो स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →