← समाचारमा फर्कनुस्
टोटनह्यामले जित्यो युरोपा लिगको उपाधि

काठमाडौँ । टोटनह्याम हट्स्परले युरोपा लिगको उपाधि जितेको छ।
गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै यस सिजनको युरोपा लिगको उपाधि जितेको हो।
टोटनह्यामको जितमा खेलको ४२औँ मिनेटमा ब्रेननान जोन्सनले गरेको गोल नै खेलको निर्णयाक बनेको थियो।
टोटनह्यामले आफ्नो क्लबको इतिहासमा तेस्रो पटक युरोपा लिग जितेको छ। यस अघि १९७२ र १९८४ मा यो उपाधि जितेको थियो।
यो जितपछि टोटनह्याम आगामी सिजनका लागि च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको छ।
२०१७ मा युरोपा लिग जितेको म्यानचेस्टर युनाइटेड भने २०२१ पछि दोस्रो पटक उपविजेता बनेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |