← समाचारमा फर्कनुस्
Football Aug 16, 2025 · Swadesh

टोटनहम अगाडि बढ्ने निश्चित

टोटनहम अगाडि बढ्ने निश्चित

(इंग्लिस प्रिमियर लिग २०२५–२०२६ मा सहभागी हुने टिमको चर्चाका क्रममा पालो टोटनहमको । यस सिरिजमा यो १८ औं स्टोरी हुनेछ ।)


गत सिजन टोटनहमका लागि कस्तो रह्यो भनेर भन्नै गाह्रो छ । प्रिमियर लिगमा यो जत्तिको टिम पनि रह्यो, १७ औं स्थानमा छ । यो भयो, रेलिगेसन क्षेत्रको ठीक माथि । अर्कोतर्फ यही टिमले युरोपा लिग जितेर च्याम्पियन्स लिगका लागि छनोट पनि भयो ।


टोटनहमले १७ वर्षको अन्तरमा कुनै उपाधि जितेको थियो, तर यही ऐतिहासिक उपलब्धीबीच पनि प्रशिक्षक एन्गे पोस्टेकोग्लु वर्खास्तीमा परे । अब उनको स्थानमा छन्, थासम फ्रान्क । अब मूल प्रश्न हो, के प्रिमियर लिगमा टोटनहमले आफ्नो स्थिति सुधार्ने छ त ?


उसको उत्तर हो, पक्कै पनि । यसपल्ट टोटनहमको प्रदर्शन गत सिजनको तुलनामा धेरै राम्रो हुनेछ, सम्भवतः शीर्ष सात अथवा आठभित्र टोटनहम पर्नेछ । तर यही टिम शीर्ष चारका लागि भने योग्य हुने छैन् । अझ भनौं यसले यस्तो उपलब्धी चुम्न सक्दैन् ।

 

फ्रान्क अनुभवी प्रशिक्षक हुन् । उनले ब्रेन्टफोर्डलाई आफू त्यहाँ रहुन्जेल राम्रै स्थितिमा राखे । अब उनको हातमा ब्रेन्टफोर्ड भन्दा पनि ठूलो क्लब छ । अनि अर्को कुरा, यसपल्ट टोटनहम टिममा सन ह्वेङ–मिन हुने छैनन् । उनको अनुपस्थिति मन रुवाउने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →