← समाचारमा फर्कनुस्
टोटनहम लिग कपको तेस्रो चरणमा

साभिओले डेब्युमा गरेको दुई गोलको मदतले टोटनहमले लिगकपमा बुधबार चार्ल्टनलाई ५–१ ले हराएर तेस्रो चरणमा प्रवेश गरेको छ । अब उसको सामना लिभरपुलसँग हुनेछ । ब्राजिली विन्गर १० करोड २० लाख डलरमा म्यानचेस्टर सिटीबाट टोटनहम आएका हुन् ।
अन्य खेलमा एभरटनले प्रिस्टन नर्थ एन्डलाई ४–० र न्युकासल युनाइटेडले वेस्ट ब्रुमलाई ३–२ ले हरायो । यस्तै ब्राडयफोर्डले टाइब्रेकरमा बर्नलीलाई ४–२ ले पराजित गरेको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको थियो ।
बुधबार नै निकालिएको ड्र अनुसार अब म्यानचेस्टर युनाइटेडले ब्राइटन, आर्सनलले इपस्विच टाउन र प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले नरविचको सामना गर्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |