← समाचारमा फर्कनुस्
Football Nov 25, 2026 · Swadesh

रियलको लगातार पाँचौं जित

रियलको लगातार पाँचौं जित

रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार पीएसभीलाई ५–१ ले पराजित गरेको छ । रियलको यो लगातार पाँचौं जित हो र अंक तालिकाको शीर्षमा पनि रहेको छ । सबै प्रतियोगितामा गरेर रियलको यो लगातार दसौं जित पनि हो ।

पीएसभीले इभान पेरिसिचको सुरुआती गोलमा अग्रता लिएयता रियल बर्नाबाउमा यो पुर्नआगमन जित हात पारेको हो । यसमा रियलका लागि किलियन एमबापेले दुई गोल गरे भने जुड बेलिंघम, फेडरिको भाल्भेरडे र भिनिसियस जुनियरले एक एक गोल गरे ।

अन्य खेलमा कोमोले एइके एथेन्सलाई १–० र रियल बेटिसले स्लोभान ब्राटिस्लाभलाई २–० हरायो । कोमो र बेटिस समान १२ अंकमा तेस्रो र चौथो स्थानमा छन् । यस्तै पोर्टोले फायनउडलाई १–०, आरबी लाइपजिगले लेन्सलाई ३–१, गालातासारेले एस्टन भिल्लालाई १–० र बोड/गिल्मटले एलएएसकेलाई १–० ले हरायो ।

आर्सनलले बोरुसिया डर्टमुन्डसँग १–१ र म्यानचेस्टर सिटीले नेपालीसँग २–२ को बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →