← समाचारमा फर्कनुस्
Football Jan 16, 2025 · Swadesh

टोटनह्याममाथि आर्सनलको पुनरागमन जित

टोटनह्याममाथि आर्सनलको पुनरागमन जित

काठमाडौं । इङग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ।

घरेलु मैदानमा बिहिवार भएको खेलमा आर्सनलले टोटनहमलाई २-१ गोलले पराजित गरेको हो।  

आर्सनलको जितमा टोलीको जितमा लियान्ड्रो ट्रोसार्डले एक गोल र अर्को गोल उपहार पाएको थियो। टोटनहमका लागि सन ह्युङ मिनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।

टोटनहमका लागि खेलको २५औं मिनेटमा सनले गोल गरे। तर, खेलको ४०औं मिनेटमा टोटनहमका डोमेनिक सोलांकेको आत्मघाती गोलको सहयोगमा आर्सनलले खेलमा बराबरी गर्यो। खेलको ४४औं मिनेटमा ट्रोससार्डले आर्सनलको लागि निर्णायक गोल गरे।

जितसँगै २१ खेलमा ४३ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुल भन्दा आर्सनल ४ अंकले पछि छ। पराजित टोटनहम २१ खेलमा २४ अंकका साथ १३औं स्थानमा छ।

बिहीवार नै सपन्न खेलमा न्युक्यासलले वल्भ्सलाई ३-० ले पराजित गरेको छ। लेस्टर सिटी क्रिस्टल प्यालेससँग २-० ले हार्दा एस्टन भिल्लाले एभर्टनलाई १-० ले पराजित गर्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →