TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 29, 2025 · Swadesh

टोटनहमको जितमा ग्यारी नायक

टोटनहमको जितमा ग्यारी नायक

किशोर खेलाडी आर्ची ग्यारीले आफ्नो खेल जीवनमै गरेको पहिलो सिनियर गोलको मदतले टोटनहमले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ ।


यो जितले टोटनहमलाई धेरै राहत दिनेछ र यससँगै खराव लयमा रहेको टोटनहम सन् २०२५ को सुखद अन्त्य गर्न सफल रह्यो । ग्यारीले ४२ औं मिनेटमा एक मात्र गोल गरे ।


यो जितले टोटनहमको १८ खेलबाट २५ अंक भएको छ । प्यालेस २६ अंकमा नवौं स्थानमा छ । आइतबारकै अर्को खेलमा सन्डरल्यान्ड र लिड्स युनाइटेडबीचको खेल १–१ को बराबरी समाप्त भयो ।


त्यसमा सन्डरल्यान्डले सिमोन एडिनग्राको गोलले अगाडि रहेको थियो । त्यसपछि डोमिनिक क्लाभर्ट लेविनले बराबरी गोल फर्काए । सन्डरल्यान्ड २८ अंकमा सातौं तथा लिड्स २० अंकमा १६ औं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →