← समाचारमा फर्कनुस्
Football Jul 21, 2025 · Swadesh

सर्वाधिक गोलकर्तामा पूर्णिमाको अग्रता

सर्वाधिक गोलकर्तामा पूर्णिमाको अग्रता

काठमाडौं। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेना जारी साफ महिला यु–२० च्याम्पियनसिपमा नेपालकी पूर्णिमा राईले शीर्ष गोलकर्ताको सूचीमा एकल अग्रता बनाएकी छन्।

उनले भुटानविरुद्ध लगातार दुई ह्याट्रिकसहित ७ गोल गरेकी थिइन्। श्रीलंकाविरुद्धको दुई खेलमा थप ३ गोल गरेर उनले आफ्नो कुल संख्या १० पुर्‍याएकी हुन्। 

योसँगै उनले बंगलादेशकी फरवार्ड मोसममत सिरात जहान शोपनाको कीर्तिमान भंग गरेकी छन्। सन् २०१८ मा भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको साफ यु–१८ च्याम्पियनसिपमा उनले सर्वाधिक ८ गोल गरेकी थिइन्। त्यो कीर्तिमान पूर्णिमाले ७ वर्षपछि भंग गरेकी हुन्। 

जारी प्रतियोगिता पूर्णिमालाई नेपालकै फरवार्ड मीना देउवाले पछ्याइरहेकी छन्। उनले प्रतियोगितामा दुई ह्याट्रिकसहित कुल ६ गोल गरेकी छन्। प्रतियोगिताका १० खेलमा ६२ गोल भएका छन्। तीमध्ये २९ गोल नेपाली खेलाडीले नै गरेका हुन्।

पूर्णिमा र मीनाबाहेक नेपालका मिडिफिल्डरद्व समीक्षा मगर र कुशुम खतिवडाले समान ३ गोल गरेकी छन्। सेनु परियार र सरिता कुमारी नाथको नाममा समान २ गोल छन्। बिर्सना चौधरी र अनिशा राईको नाममा पनि समान एक गोल छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →