← समाचारमा फर्कनुस्
Football Dec 27, 2024 · Swadesh

थ्री स्टारको यु–१६ टोलीलाई सिल्भर रेको प्रायोजन

थ्री स्टारको यु–१६ टोलीलाई सिल्भर रेको प्रायोजन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने यु–१६ लिगका लागि थ्री स्टार क्लबले अस्ट्रेलियाको सिल्भर रे रिअल्टीले प्रायोजन पाएको छ।

थ्री स्टारले बिहीबार सामाजिक संजालमार्फत प्रायोजन सम्झौता भएको जानकारी दिएको हो।

क्लबका अध्यक्ष ज्ञानबहादुर शाक्य र सिल्भर रेका निर्देशक अरुण तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरे। तिवारी थ्री स्टारको अधिकारीक फ्यान क्लब ‘वि आर स्टार्स’ का पूर्व अध्यक्ष पनि हुन्।

क्लबले सम्झौता लगत्तै प्रतियोगितामा प्रयोग गर्ने जर्सी पनि सार्वजनिक गरेको छ। क्लबले ‘ए’ डिभिजनमा डेब्यू गर्दाको जर्सीप्रेरित डिजाइन यस पटक यु–१६ लिगमा प्रयोग गर्ने भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →