थ्री स्टार रेलिगेसनमा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीले बिहीबार दुई वर्षदेखि रहेको मुद्धामा निर्णय गरेपछि नेपाली फुटबलमा छुट्टै पहिचान बनाएकाे थ्री स्टार क्लबले शीर्ष डिभिजनको हैसियत गुमाएको छ।
दुई वर्षअघि सम्पन्न शहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा जावलाखेल युथ क्लबविरुद्धको विवादास्पद खेलको नतिजा १–० ले पक्षमा पार्दै थ्री स्टारले रेलिगेसनको सम्भावना टारेको थियो। तर, सोही नतिजाका कारण रेलिगेसनमा परेको सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले उक्त खेलमा थ्री स्टारले अवैधानिक खेलाडी मैदान उतारेको भन्दै उजुरी गरेको थियो।
थ्री स्टार र जावलाखेलबीचको खेलमा भिसा सकिइसकेका दुई विदेशी खेलाडी पिटर सेगुन र अजय मार्टिन्सलाई खेलाएको भन्दै एपिएफले उजुरी गरेको थियो।
एपिएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार पनि खेलाउन नपाउने जिकिर गर्दै त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३–० को नतिजामा पराजित हुने नियमअनुसार कार्वाही गर्न एन्फामा दुई वर्षअघि ०८० जेठ २८ गते उजुरी गरेको थियो।
उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको पुष्टी गरेको थियो। तर अवैधानिक खेलाडी खेलाएवापत अनुशासन समितिले थ्री स्टार क्लब र सम्बन्धित खेलाडीलाई नगद जरिवाना मात्र गरेको थियो।
अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्री स्टार र एपिएफ दुवैले अपिल गरेका थिए। जसमा अपिल कमिटीले अवैधानिक खेलाडी खेलाएवापत थ्री स्टार उक्त खेलमा ३–० को नतिजामा पराजित भएको जनाएकाे छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |