← समाचारमा फर्कनुस्
Football Jan 08, 2025 · Swadesh

आर्मीको पोस्टमा थ्री स्टारले गर्यो १० गोल

आर्मीको पोस्टमा थ्री स्टारले गर्यो १० गोल

काठमाडौं। थ्री स्टार क्लबले एन्फा यु-१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि फराकिलो जित हासिल गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको खेलमा थ्रीस्टारले आर्मी १०-० गोल अन्तरले पराजीत गरेको हो।

थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ र रोहन बम्जनले ह्याट्रिक पूरा गरे। यसैगरी पूर्ण श्रेष्ठले दुई तथा भुपेन्द्रबहादुर रावत र जोंगसेन खेन्चो काजीले समान एक गोल थपे। 

खेलको १०औं मिनेटमा भुपेन्द्रको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । 

जितसँगै थ्रीस्टारले दुई खेलमा चार अंक जोडेको छ। दुवै खेलमा पराजित आर्मी अंकविहिन छ।

पहिलो खेलमा थ्री स्टार एपिएफसँग गोलरिहत बराबरीमा रोकिदा आर्मीले नेपाल पुलिस क्लबसँग ७-० को हार बेहोरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →