यु–१८ युथ लिग : थ्री स्टार विजयी, जावलाखेल र एपीएफले अंक बाँडे

काठमाडौं । ललित स्मृति एन्फा यु–१८ युथ लिगमा एपीएफ फुटबल क्लब जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमा जावलाखेल र एपीएफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको चौथो मिनेटमै जावलाखेलका लागि धर्वेन्द्र कुँवरले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, ३१औँ मिनेटमा एपीएफका लागि पवन पाख्रिनले पेनाल्टीमा गोल गर्लै पहिलो हाफमै १–१ गोलको बराबरी अबस्थामा ल्याए।
त्यसपछि दोस्रो हाफमा कुनै पनि टोलीबाट थप गोल हुन सकेन्।
यो बराबरीसँगै जारी लिगमा समान खेलबाट दुबै टोलीले १८/१८ अंक जोडेका छन्।
यस्तै सोमबार नै भएको पहिलो खेलमा थ्री स्टारले नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१औँ मिनेटमा रोमनले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए।
जितसँगै थ्री स्टारले जारी लिगमा १२ खेलबाट २२ अंक जोडेको छ। पराजित पुलिस भने समान खेलबाट २६ अंकसहित शीर्ष स्थानमा छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |