← समाचारमा फर्कनुस्
Football Nov 03, 2025 · Swadesh

यो वर्ष राष्ट्रिय लिग अर्को वर्ष ‘ए’ डिभिजन

यो वर्ष राष्ट्रिय लिग अर्को वर्ष ‘ए’ डिभिजन
अखिल नेपाल फुटबल संघ (एन्फा) र सहिद स्मारक लिग ‘ए’ डिभिजनका क्लबबीच सोमबार बसेको बैठकले यो वर्ष दस टिम सम्मिलित राष्ट्रिय लिग गर्ने निर्णय गरेको छ । बैठकले अबको ‘ए’ डिभिजन लिग अर्को वर्ष गर्ने र त्यो ‘होम एन्ड अवे’ को आधारमा गर्ने पनि निर्णय गरेको छ । 



बैठकको निर्णय अनुसार पुस ९ देखि राष्ट्रिय लिग हुनेछ । सहभागी हुने दस टिममध्ये पछिल्लो ‘ए’ मा शीर्ष छ स्थानमा रहने हुनेछन् । त्यसमा चर्च ब्वाइज, मछिन्द्र, पुलिस, जावलाखेल, सातदोबाटो र एनआरटी रहेका छन् । बाँकी चार टिमको छनोट एन्फा प्रेसिडेन्ट्सकप लिगबाट हुनेछ । 


यो प्रतियोगिता भने हेटौंडामा कार्तिक १९ सुरु हुनेछ । अबको ‘ए’ डिभिजन लिग भने अर्को वर्षको पुस ३ बाट हुनेछ । त्यसका लागि बैठकले कार्य तालिका पनि निश्चित गरेको छ । बैठकले यो लिगले नेपाली खेलाडीलाई पूरा वर्ष रोजगारी दिने किसिमको हुने पनि बताएको छ । 
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →