← समाचारमा फर्कनुस्
Football Feb 25, 2025 · Swadesh

तेस्रो टग अफ वार फागुन १६ गते देखि

तेस्रो टग अफ वार फागुन १६ गते देखि

काठमाडौँ । नेपाल डोरीतान सङ्घले यही फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) प्रतियोगिताको आयोजना गर्ने भएको छ।

भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीले सहभागिता जनाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भवानी प्रसाद पौडेलले जानकारी दिनुभयो।

महिला तर्फ सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता नरहने पनि उहाँले बताउनुभयो।

प्रतियोगितामा कुल १८ टिमका १६२ खेलाडीले भाग लिनेछन्। पुरुष तर्फ ६४० केजी तथा महिला तर्फ ५८० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको पुरुष विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने महिला तर्फको विजेताले ६० हजार तथा उपविजेता टोलीले ४० हजार रुपैंया प्राप्त गर्नेछन्।

नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेको खेलको राष्ट्रिय प्रतियोगिताको आयोजनाले डोरीतान खेलको प्रवर्द्धनमा टेवा पुग्ने पत्रकार सम्मेलनमा अध्यक्ष भवानी प्रसाद पौडेलले बताउनुभयो।

प्रतियोगिताको कुल बजेट ३१ लाख रहेको र पदाधिकारी तथा विभिन्न सहयोगदाताको मदतले प्रतियोगिता सफल बनाउने आयोजकको भनाई छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →