हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो: चेतनारायण श्रेष्ठ

काठमाडौं , साफ महिला यू-१७ च्याम्पियनसिपअघि प्रशिक्षक चेतनारायण श्रेष्ठले हाम्रो लक्ष्य भनेको उपाधि जित्नु हाे बताएका छन्।
अघिल्लो संस्करण खेलेका खेलाडीको बाहुल्य छ। हामीले पोजिसन अनुसार खेलाडीको प्रदर्शनलाई निखारेका छौं। साफ च्याम्पियनसिपको मुख्य उद्धेश्य भनेको खेलाडी विकास पनि हो। यस्ता खालका प्रतियोगिताबाट खेलाडीले सिक्ने मौका पाइरहेका हुन्छन्, एक्सपोजर पाइरहेका हुन्छन्।
हामीले राम्रो तयारी गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो। हामीले टेकनिकल र ट्याक्टिकल पक्षमा काम गरेका छौं। पहिलो खेल भारतसँग छ। भारत बलियो टोली हो। अघिल्लो वर्ष यु–१६ मा हामी घरेलु भूमिमा पराजित भएका थियौं। बितेको संस्करण गरेका गल्तीहरुलाई हामीले यसपालि सच्याएका छौं । सबै टेकनिकल एरियाहरुमा काम भएको छ। खेलाडीले मौकालाई सदुपयोग (क्यापिटलाइज) गर्ने हो भने हामी भारतलाई हराउँछौं।
टिम गेममा हामीले ध्यान दिएका छौं। मैले जित्नै पर्छ भन्ने दबाब लिएको छैन। दबाब लियो भने खेलमा असर पर्छ। खेलाडीहरुले आफूले जाने सिकेका कुराहरुलाई सकेसम्म खेलमा प्रयोग गर्छन् भन्ने पूर्ण आशा लिएको छु। आशा छ हामी सकारात्मक नतिजा ल्याउन सक्छौं।
यस्तै कप्तान भूमिकाले ड्रेसिङ रुमको माहोल राम्रो छ। टोलीमा जितको भावना छ। सबै आ–आफ्नो ठाउँमा राम्रो छ। सबै जित्नका लागि मोटिभेटेड छन्। नेपाली समर्थकहरुलाई साथ र हौसला दिनुहुन अनुरोध गर्दछौं।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |