← समाचारमा फर्कनुस्
अल्जेरियालाई सजिलै हराएर स्विटजरल्यान्ड अगाडि बढ्दै

स्विटजरल्यान्डले विश्वकप २०२६ मा शुक्रबार अल्जेरियालाई सजिलै २–० ले पराजित गरेको छ र प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको छ । स्विटजरल्यान्डले प्रत्येक हाफमा एक एक गोल गरेको थियो र यो नै अन्तिम ३२ को चरणबाट अगाडि बढ्न पर्याप्त रह्यो ।
यस जितसँगै प्रतियोगितामा स्विटजरल्यान्डको उत्कृष्ट प्रदर्शनको क्रम जारी रह्यो । ब्रेल इबोलोले खेलको १० औं मिनेटमा गोल गर्दै स्विस टिमलाई अग्रता दिलाए । दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोयले दोस्रो गोल थपे र आफ्नो टिमको जित निश्चित गरे ।
अल्जेरियाले पूरा खेल अवधिमा केही अवसर सिर्जना गरेपनि त्यो गोलका लागि पर्याप्त रहेन् । हारसँगै अब अल्जेरियाली टिम पनि घर फर्कने छ । क्वाटरफाइनल प्रवेशका लागि स्विटजरल्यान्डले कोलम्बिया र घानाबीच हुने खेलको विजेताको सामना गर्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |